हेटौँडा/ नेपाली बजारमा सुनको मुल्यमा वृद्वि भएको छ । बुधबार सुन प्रतितोला ९१ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। गत मगंलबारको तुलनामा एक सय रूपैयाँले बढी हो।
यसअघि सोमबार छापावाला सुन तोलाको ९१ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ९०० रहेको छ ।
आज चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सेयर गर्नुहोस्