हेटौँडा/ पदम विश्वकर्मा साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न राष्ट्रव्यापी कविता प्रतियोगितामा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय हेटौंडाका सजित विश्वकर्मा प्रथम भएको छ ।
जातिय विभेद तथा असमानताका विरुद्ध जनचेतना अभिबृद्धि गर्न र दलित तथा पिछडिएका समुदायका विद्यार्थीहरुलाई यस विषयमा कविता लेखनमा अभिप्रेरित गर्न कविता प्रतियोगिता पहिलो पटक आयोजना गरिएको होे ।
प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिने छ ।
यसैगरी प्रतियोगितामा मेलुङ दोलखा घर भई हाल ग्याल्यासियर इन्टरनेशनल कलेजका कक्षा १२ मा अध्ययनरत् राजु उवरकोटी द्वितीय र आदर्श मावि स्याङ्जामा अध्ययनरत् विविका रणपाल तृतीय भएका छन् ।
प्रतियोगितामा उत्कृष्ट तीन प्रतियोगीहरुलाई आगामी कार्तिक ७ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने एक समारोहमा नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने बैठकले जनाएको छ ।