हेटौंडा । उद्योग वाणिज्य संघ मकवानपुरको आगामी कात्तिक ९ गते हुन गइरहेको निर्वाचनमा अध्यक्षका उम्मेदवार कृष्ण कुमार गुप्ता अग्रवालको प्यानलले बुधबार हेटौंडामा चियापान कार्यक्रम गरेको छ । योे संगै अग्रवालको प्यानलले चुनावी कार्यक्रमलाई अझ तीव्रता दिएको छ ।
अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादी मकवानपुरकी उपाध्यक्ष एवम् हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामा, नेपाली कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णु प्रसाद लामिछाने, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, हेटौंडा–६ का वडाध्यक्ष अर्जुनप्रसाद चौलागाई, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेल, औषधी व्यवसायी संघका अध्यक्ष सुधिर दाहाल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपालि कांग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी लगायतका जिल्ला तहका नेता , हेटौंडा उपमहानगरपालिकाका अधिकांश वडाका वडा अध्यक्षहरु विभिन्न राजनीतिक दल, उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
साथ साथै कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सदस्य तथा हेटौंडा १२ का वडा अध्यक्ष ललितकुमार घलान, हेटौंडा १ का अध्यक्ष सविन न्यौपाने, ५ का अध्यक्ष राजेश बानियाँ, ९ का अध्यक्ष लक्ष्मण प्रसाद भणडारी, १४ का अध्यक्ष दीपक खड्का, १६ का अध्यक्ष रामकृष्ण कोइराला, नेपाली कांग्रेस नगर सभापति उत्सव इटेनी, निवर्तमान सभापति आनन्दराम पराजुली, पुरानो नारायणी यातायात कम्पनीका प्रवन्धक सरोज खनाल, संघका पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठ, पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्णसारु मगर, जिल्ला अध्यक्ष मणिराज गौतम, लगायत विभिन्न वस्तुगत संघका अध्यक्ष तथा हेटौंडामा व्यवसायीहरुको उपस्थिती रहेको थियो ।