६० अंकले बढ्यो नेप्से परिसूचक

हेटौंडा टुडे
३ कार्तिक २०७८, बुधबार १७:१७

हेटौँडा/ आज साताको चौथौ दिन शेयर बजारमा हरियाली छाएको छ । सरकारले बैंकको ब्याजदर सम्बन्धी समस्या स्थायी रुपमा समाधान गरेपछि शेयर बजारमा हरियाली छाएको हो । आज नेप्से परिसूचक ६० दशमलव ५६ अंकले बृद्धि भई २ हजार ५७१ दशमलव ६६ को बिन्दुमा पुगेर रोकिएको छ ।

बुधबार सबै उप सूचकहरु हरियाली हुँदै नेप्सेमा सुधार आएको हो । केही दिनदेखि लगातार ओरालो लागेको नेप्से आज उकालो लागेको हो । आज २१२ वटा कम्पनीको शेयर कारोबार भएको छ । ३४ हजार ६४४ वटा कारोबारबाट ६१ लाख १ हजार ४१४ कित्ता शेयर किनबेच भएको छ । बुधबार दुई अर्ब ६७ करोड ९० हजार २८ हजार १५५ रुपैयाँको शेयर करोबार भएको छ ।

बुधबार फाइनान्स उप समुहको सबैभन्दा धेरै ५ दशमलव ८१ प्रतिशतले बृद्धि भएको छ भने सबैभन्दा कम जीवन बीमा उपसमुहको १ दशमलव ३ प्रतिशतले बढेको छ । बुधबार वित्त, जलविद्युत, विकास बैंक, अन्य, व्यापारसहितका उपसमूहको लगानीकर्ताले बढी कमाए । बुधबार सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा नविल बैंक रहहेको छ । उक्त बैठकले आज ९ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*