सामलिङ्ग पावर कम्पनीको आईपीओ खुल्यो

टुडे संवादाता
४ कार्तिक २०७८, बिहीबार ११:०८

हेटौंडा/सामलिङ्ग पावर कम्पनीले बिहिबार (आज)देखि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ ।कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० कित्ता सेयर बिक्री खुलाएको हो ।

कुल आईपीओमध्ये १४ हजार ६०० कित्ता सेयर कर्मचारीलाई र ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयरमा सर्वसाधारणले कात्तिक ८ गतेसम्म आवेदन दिन सक्नेछन् । सेयरको बिक्री प्रबन्धकमा नेपाल एबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*