५ किलो लागुऔषध गाँजा सहित हेटौंडा-१५ बाट २ जना पक्राउ

टुडे संवादाता
४ कार्तिक २०७८, बिहीबार १३:४८

हेटौंडा/मकवानपुर प्रहरीले ५ किलो ३०० ग्राम लागुऔषध गाँजा सहित २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका वडा नम्बर ५ बस्ने ४८ वर्षिय प्रेम बहादुर प्रजा र सोही ठाउँ बस्ने बर्ष २२ को रविन्द्र प्रजा रहेको मकवानपुर प्रहरी प्रवत्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

बिहिवार (आज)बिहान ईलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको प्रहरी टोलिले हेटौंडा-१५ स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा हेटौंडाबाट बिरगंज तर्फ जाँदै गरेको ना १ ज १६७६ नम्बरको माईक्रो बसलाई रोकी चेकजाँच गर्दा उक्त माईक्रोमा सवार रहेका प्रजा द्वयको साथबाट लुकाई छिपाई ल्याएको लागुऔषध गााँजा ५ किलो ३०० ग्राम फेला हो ।

प्रहरीले बरामद गरेको ५ किलो ३०० ग्राम लागुऔषध गाँजा

उक्त फेला परेको लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*