मकवानपुरमा बिहीबार ७ जनामा कोरोना पुष्टि

टुडे संवादाता
४ कार्तिक २०७८, बिहीबार १५:००

हेटौंडा/मकवानपुरमा बिहीबार थप ७ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पिसिआर एन्टिजेन विधिबाट गरीएको ६० जनाको परिक्षणबाट ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरको आजको कोरोना संक्रमित दर ११ प्रतिशत रहेको छ । मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५३४२ रहेको छ।त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा १ जना कोरोना मुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमित भई होम तथा संस्थागत आइसोलेशनमा बसेका १ जना कोरोना मुक्त भएका हुन।हाल सम्म मकवानपुरमा कोरोना मुक्त हुनेको संख्या १५ हजार ४७ रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*