हेटौंडा/मकवानपुरगढी गाउँपालिकामा आगामी कार्तिक ६ र ७ गते कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ । गाउँपालिकाले बिहिवार (आज) एक सूचना जारी गर्दै आउँदो ६ र ७ गते कोरोना विरुद्धको खोप लगाउनेबारे जानकारी दिएको हो ।
उक्त सूचना अनुसार गत असोज १३ गतेदेखि १६ गते सम्म कोभिड १९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई दोश्रो मात्रा लगाईने भएको हो ।गउँपालिकाले आ-आफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा खोप कार्ड सहित सम्पर्क राख्नुहुनु गाउँपालिकाबासीलाई अनुरोध गरेको छ ।
यो पनि पढ्नुहोस
सेयर गर्नुहोस्