भीमफेदी गाउँपालिकामा बौलाहा कुकुरको आतंक : १३ जना घाईते, १ जनालाई काठमाण्डौं रिफर

टुडे संवादाता
५ कार्तिक २०७८, शुक्रबार ११:०८

हेटौंडा/ मकवानपुरको भीमफेदी गाउँपालिकामा बौलाहा कुकुरको टोकाईबाट १३ जना घाईते भएका छन् । पछिल्लो २ दिनमा कुकुरले आतंक मच्चाए सँगै गाउँपालिको वडा नंबर ५ र ६ को सुपिङ,माथिल्लो ज्यामिरे तथा तल्लो ज्यामिरे लगाएत क्षेत्रहरुमा बौलाहा कुकुरको टोकाईबाट १३ जना घाईते भएको भीमफेदी गाउँपालिकाका स्वास्थ्य संयोजक राम नाम थिङ्गले जानकारी दिए ।

स्वास्थ्य संयोजक थिङ्गका अनुसार बुधबार र बिहिबार घरमा बसेका,बाटोमा हिडेकाहरुलाई बौलाहा कुकुरले टोकेको हो ।

बौलाहा कुकुरको टोकाइबाट घाइते भएकाहरुलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र,भीमफेदी ल्याईएको र २ जनालाई हेटौंडा र एकजनालाई काठमाण्डौ रिफर गरिएको स्वास्थ्य संयोजक थिङ्गले बताए ।

उनका अनुसार उक्त बौलाहा कुकुर हालसम्म नियन्त्रणमा आएको छैन । उनले गाउँपालिकाले जिल्ला प्रशासन कार्यलय मकवानपुरलाई घटनाको जानकारी गराईसकेको र प्रहरीले नियन्त्रणमा लिनको लागि खोजि गरिरहेको समेत बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*