हेटौँडा/ न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको साधारण सेयर ९आईपीओ० बाँडफाँट भएको छ । कम्पनीले असोज १५ गतेदेखि असोज १९ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज शुक्रबार बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले क्यापिटलको कार्यालय नक्सालमा बाँडफाँट गरेको हो ।
कम्पनीले असोज १५ गतेदेखि असोज १९ गतेसम्म सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो । जस मध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाईएको थियो। बाँकि रहेको २० लाख ९२ हजार ५ सय कित्ताको लागि सर्वसाधारणका लागि छुट्याइएको थियो ।
कम्पनीको आईपीओमा २२ लाख ५५ हजार ८४ जना आवेदकले २ करोड ७० लाख ८९ हजार १ सय ५० कित्ताको लागि आवेदन दिएका थिए । मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथामार्फत बाँडफाँट गर्दा २ लाख ९ हजार २ सय ५० जनाले मात्र १० कित्ताको दरले सेयर पाउने छन् । २२ लाख ४१ हजार १ सय ३८ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराएर सेयर बाँडफाँड गर्दा २० लाख ५२ हजार बढी आवेदक हात खाली भएको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार जसमध्ये १३ हजार ९ सय ४६ जनाको आवेदन रद्द गरिएको छ ।
कम्पनीको आईपीओको नतिजा केहि घण्टापछि मात्र हेर्न सकिने छ । लगानीकर्ताहरुले आईपीओको नतिजा न्यादी हाइड्रोको वेबसाइट https://nhl.com.np/, बिकी प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट https://www.globalimecapital.com/र, सह बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np/, सिडीएससीको मेरोसेयर वेबसाइटhttps://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सक्नेछन् ।