मानवसेवा आश्रमले गर्‍यो ३९ जनाको उद्धार

हेटौंडा टुडे
५ कार्तिक २०७८, शुक्रबार ११:५३

हेटौँडा/ बडा दसैँको समयमा मानवसेवा आश्रमले देशभरबाट ३९ जना सहयोगापेक्षी सडकआश्रित मानिसहरुको उद्धार गरेको छ । आश्रमले यस अवधिमा २३ जनाको पुनर्मिलन समेत पनि गराएको छ । १८ जनाको पारिवारिक पुनर्मिलन गरेको र ५ जनाको सामुदायिक पुनस्र्थापना गरेको छ । ४ जनाको भने आश्रममा नै निधन भएको जनाइएको छ ।

सहयोगापेक्षी (बेवारिसे, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिक रुपमा कमजोर) सडकआश्रित मानवहरुको सेवामा समर्पित मानवसेवा आश्रमले वि.सं. २०६९ सालदेखि छ हजार ७० जनाको उद्धार गरिसकेको र हाल आश्रममा एक हजार ४०० जनाभन्दा बढी सहयोगापेक्षी व्यक्तिहरु आश्रित रहेको बताइएको छ ।

सडकपेटी र सार्वजनिक स्थलहरुमा मानसिक तथा शारीरिक रुपमा कमजोर भई बेवारिसे जीवनयापन गरिरहेका व्यक्तिहरुको उद्धार गरेको आश्रमका अभियन्ता मनोज घिमिरेले बताए । देशका १६ जिल्लामा शाखा विस्तार गरेको मानवसेवा आश्रमले दसैँको समयमा घटस्थापना देखि पूर्णिमासम्म “यसपालीको दसैँमा कोही पनि मानिस सडकमा नरहुन्” अभियान समेत सञ्चालन गरेको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*