हेटौँडा/ नेपालमा १२ वर्षभन्दा माथिका किशोर किशोरीलाई कोभिड-१९ विरुद्धको खोप लगाइने भएको छ।
यही कार्तिक २८ गतेबाट १२ वर्ष भन्दा माथिकालाई फाइजर खोप लगाइने भएको हो।फाइजरको एक लाख डोज खोप आगामी सोमबार गाभीले नेपाल ल्याउने तयारी गरिरहेको छ । उक्त खोप माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने भएकाले तत्काल लगाउन लागिएको हो ।मुलुकका २४ वटा अस्पतालबाट फाइजर खोप लगाइने भएको छ ।परिवार कल्याण महाशाखाका अनुसार १२ वर्षमाथिका दीर्घ रोगका बिरामीलाई खोप दिइने जनाइएको छ।
सेयर गर्नुहोस्