आज र भोलि देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

हेटौडा टुडे
७ कार्तिक २०७८, आईतवार ०८:५०

हेटौँडा/ देशभरका ५ वर्षसम्मका बालबालिकालाई आज सोमबार र भोलि मंगलबार भिटामिन ‘ए’ र जुकाको औषधिका साथै बालभिटा खुवाइँदैछ। ७५३ वटै पालिकामा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ।

हरेक वर्ष कात्तिक ३ र ४ गते खुवाउदै आइरहेको भिटामिन ए र जुकाको औषधि यसपटक दसैं अवधिमा परेकाले ७ र ८ गते खुवाउने निर्णय गरेको गरिएको हो। यो कार्यक्रमका लागि देशैभरि ५२ हजार स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएका छन्।

स्वास्थ्य सेवा विभागको पोषण शाखाले आफ्नो घरनजिकको खोप केन्द्रमा लगेर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन सबै अभिभावकलाई अनुरोध गरेको छ। साथै बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन जाँदा जनस्वास्थ्यका मापदण्ड अपनाएर खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*