हेटौँडा/ हेटौंडा –१० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट आइतबार ४१ जनाको स्वाब सङ्कलन गरिएको छ ।
जसमा १७ जना महिला र २४ जना पुरुष रहेका छन । सङ्कलन गरीएको स्वाब कोरोना परिक्षणको लागी हेटौंडा अस्पतालको पिसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताए । आइतबार कोरोना परिक्षणको लागी स्वाब सङ्कलन गराएकाहरुको कोरोना परिक्षणको रिपोर्ट सोमबार दिउँसो २ बजे आउने छ ।
सेयर गर्नुहोस्