प्रहरीद्धारा मानव आश्रमलाई खाद्यान्न सहयोग

हेटौडा टुडे
७ कार्तिक २०७८, आईतवार १३:३०

हेटौँडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरीहरुले हेटौंडा–९ स्थित मानव सेवा आश्रमलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । शनिबार जिल्ला प्रहरी कार्यालयमा कार्यरत ४ प्रहरी निरीक्षकहरुले संयुक्त रुपमा आश्रममा सहयोग गर्नुभएको हो । आश्रमलाई २ बोरा चामल, ८ किलो दाल, ५ लिटर तेल र अन्य खाद्यन्न सामग्रीहरु गरी करिब ८ हजार बराबरको खाद्यान्न सहयोग प्राप्त भएको हो ।

खाद्यान्न सहयोग गर्नेमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी निरीक्षकहरु अविनाश अधिकारी, कमल लुङ्गेली, धर्मेन्द्र अकौलिया र बोधराज आचार्य रहेको मानव सेवा आश्रम हेटौंडा अभियान्ता होमनाथ पोडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीले सेवा सुरुवात गरेको बार्षिकोत्सवको अवसरमा खाद्यान्न सहयोग गरिएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*