सिटिजन लाईफ इन्स्योरेन्स कंम्पनी लिमिटेडको चौथो वार्षिकोत्सब सम्पन्न

हेटौंडा टुडे
७ कार्तिक २०७८, आईतवार १७:१८

हेटौँडा/ सिटिजन लाईफ इन्स्योरेन्स कंम्पनी लिमिटेडको चौथो वार्षिकोत्सबको सु-अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत हेटौंडा १८, हर्नामाडीमा नेपाल रेडक्रस सोसाईटी रक्त संचार हेटौंडा शाखाको सहकार्यमा रक्तदान कार्यक्रम सुसम्पन्न भएको जानकारी सिटिजन लाईफ हेटौंडा शाखाका प्रमुख राधेश्याम आचार्यले जानकारी दिनुभएकोछ। सिटिजन लाईफका क्षेत्रीय प्रवन्धक शिव कुमार कार्की प्रमुख अतिथी रहनुभएको उक्त कार्यक्रममा शाखा प्रमुख राधेश्याम आचार्यले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो साथै ज्योती मा.वि.का अध्यक्ष हर्क रम्तेल तथा कार्यक्रम संयोजक भुपेन्द्र चौलागाईंले रक्तदानको महत्व बारेमा आफ्ना भनाई राख्नुभएको थियो।

प्रमुख अतिथिले ब्लड प्याकेट हस्तान्तरण गरेर शुभारम्भ भएको रक्तदान कार्यक्रममा सिटिजन लिडर, बिमित, रक्तदाता तथा स्थानीय व्यक्तित्वहरु गरि ६० जना भन्दा बढीको सहभागितामा ३६ जना रक्तदाताले रक्तदान गर्नुभयो साथै सो अवसरमा स्थानीय ज्योती मा।वि। लाई डस्टबिन पनि हस्तान्तरण गरियो। कार्यक्रम संयोजक भुपेन्द्र चौलागाईं लाई क्षेत्रीय प्रवन्धकले मायाको चिनो हस्तान्तरण गर्दै आगामी दिनमा सिटिजन लिडर भई सहकार्य गर्दै अघि बढ्न सबैलाई अनुरोध गर्दै आगामी दिनमा हुने कार्यक्रममा सहयोग, सहकार्य पाउने अपेक्षाका साथ भोलि बिहान हुने पाथिभरा मन्दिर सरसफाई तथा डस्टबिन बितरण कार्यक्रममा सबैलाई सहभागिताको लागि आग्रह गर्नुभएको छ ।

सिटिजन लाईफले २०७४ साल कार्तिक २ गतेबाट कारोबार सुरु गरेको थियो । कम्पनीले आफ्नो चौथो बार्षिकोत्सवको अवसरमा सप्ताहव्यापीरुपमा देशैभरिका आफ्ना शाखा, सिटिजन लिडरहरु मार्फत विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आईरहेकोछ । कम्पनीले ७३ जिल्लामा १२६ वटा शाखा तथा उप शाखा कार्यालयमार्फत आफ्ना बीमितहरुलाई बीमा सेवा प्रदान गर्दै आईरहेको सिटिजन लाईफले डिजिटल सिटिजन अभियान अन्तर्गत अनलाइन बीमालेख खरिद, बीमा शुल्क तथा बीमा दाबी भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।

हेटौंडा शाखाले पनि आईतवार मन्दिर सरसफाई तथा सोमवार बालबालिकालाई शैक्षिक सामाग्री बितरण गर्ने कार्यक्रम राखेको जानकारी शाखा प्रमुख आचार्यले दिनुभएकोछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*