हेटौँडा/ बेमौसमी वर्षाका कारण बागमती प्रदेशमा किसानले लगाएको धानबालीमा क्षति पुर्याएको छ । प्रदेशका बिभीन्न जिल्लाबाट प्रदेशको भूमि व्वस्था, कृषि तथा सहकारी मन्त्रालयबाट विवरण संकलन गरिएको छ । अझै पनि विवरण आउनेक्रम जारी छ ।
वाग्मतीमा भने ७ हजार ५ सय हेक्टरमा असर गरे पनि क्षति भने ५ सय ३० हेक्टरमा मात्र भएको प्रारम्भिक अध्ययन बाट रिपोर्ट प्राप्त भएको प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिब डाक्टर शरण कुमार पाण्डेले वताउनुभयो । यस प्रदेशमा ५ करोड ८० लाख रुपैयाँ बराबरको २ हजार ६८ टन धान क्षति भएको उहाँले वताउनुभयो ।
चितवनमा २ सय ९७, मकवानपुरमा ८०, धादिङमा ७५, सिन्धुलीमा ३३ र नुवाकोटमा ३० हेक्टर क्षेत्रफलमा गरिएको धानमा क्षति भएको छ । मनसुन समयमै सक्रिय भएर रोपाइँ राम्रो भए पनि वर्षाले धानबाली नष्ट भएपछि उत्पादन केही घट्न सक्ने जानकारहरू बताउँछन् ।
किसानले खेतमा लगाएको धानमा राहत रकम उपलब्ध गराउने विषयमा सात वटै प्रदेशका कृषि मन्त्री र सचिबका बिचमा छलफलपछी निस्कर्ष निकालिने शचिब पाण्डेले वताउनुभयो । बागमती प्रदेशले जिल्लाका कृषि ज्ञान केन्द्र र स्थानीय तहको सिफारिसमा वर्षाका कारण धानबालीमा भएको क्षतिको विवरण संकलन गरेको थियो । कृषि प्राबिधिक सहितको टिमले अनुगमन समेत गरिएको थियो ।