हेटौंडाको युगचेतना नमुना विद्यालयमा जडीवुटी सचेतना कार्यक्रम सम्पन्न

हेटौंडा टुडे
८ कार्तिक २०७८, सोमबार ०८:४६

हेटौँडा/ वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरले हेटौंडा-१३ स्थित युगचेतना नमुना आधारभूत विद्यालयका कक्षा ६ र ७ का विद्यार्थीहरुको लागि जडीवुटी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वनस्पति अनुसन्धान केन्द्रका बरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीले प्रशिक्षण गराउनुभएको छ ।

कार्यक्रममा विरुवाहरुको महत्व, जडीवुटीसम्बन्धि जानकारी र समग्रमा वनस्पति अनुसन्धान केन्द्र अन्तर्गत रहेको वृन्दावन वनस्पति उद्यानमा सञ्चालित कार्यक्रमहरु र प्रवेशमा पालना गर्नुपर्ने नियमहरुबारेमा चर्चा भएको छ ।

कार्यक्रममा वडासदस्य सन्त बहादुर तितुङ्ग, प्रधानाध्यापक जयन्ति पाठक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक कुमार डिम्डुङ्ग लगायतका ८० जनाको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन वनस्पति सहायक युगल अर्यालले गर्नुभएको थियो भने वनस्पति सहायक सागीर हुसेनले स्वागत गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*