अपाङ्ग महासंघको अधिवेशन मंसिर २४ र २५ गते

हेटौंडा टुडे
८ कार्तिक २०७८, सोमबार ०९:००

हेटौँडा/ राष्ट्रिय अपाङ्ग महासंघ बागमती नेपाल बागमती प्रदेश समितिको चौथो साधारण सभा तथा दाश्रो अधिवेशन आगामी मंसिर २४ र २५ गतेलाई तय भएको छ । अधिवेशनमा प्रदेशरका १ सय ३७ वटा संस्थाका प्रतिनिधि सहभागी हुने सचिव कृतन श्रेष्ठ दुवालले बताए । प्रत्येक संस्थाबाट एक महिलासहित दुई जना प्रतिनिधिले अधिवेशनमा सहभागिता जनाउन पाउनेछन् ।

प्रदेश समितिको अधिवेशन प्रदेश राजधानी हेटौंडामा हुने आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरुकोे विविधतालाई मध्यनजर गर्दै पहुँचयुक्त विद्युतीय भोटिङ मेसिन प्रयोग गरी मतदान गर्ने व्यवस्था मिलाइएको सचिव श्रेष्ठले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*