मनहरीमा घर नजिकैको जंगलमा झुण्डिएको अवस्थामा सुवेदीको शव फेला

हेटौंडा टुडे
८ कार्तिक २०७८, सोमबार ०९:१७

हेटौँडा/ मकवानपुरको मनहरी गाउँपालिका वडा नंबर ३ को हाँडीखोलामा एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ । आज बिहान स्थानीय २८ वर्षीय रमेश सुवेदीको शव आफ्नै घरबाट करिब ५ मिटर भित्रको जंगलमा रुखको हाँगामा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

घटनास्थलमा प्रहरी गईरहेको प्रवक्ता रिमालले बताए । उनले घटनाको आवश्यक अनुसन्धान भईरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*