गायक सुगम पोखरेल हेटौंडा आउँदै

टुडे संवादाता
८ कार्तिक २०७८, सोमबार १८:०९

सिधाखबर \ गायक सुगम पोखरेलको उपस्थितीमा हेटौंडामा शुभकामना आदानप्रदान कार्यक्रम गरिने भएको छ ।

नेपाली कांग्रेस मकवानपुरको साँस्कृतिक विभागको आयोजनामा दीपावली, नेपाल संवत तथा छठपर्वको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम हुन लागेको विभागका प्रमुख सुशान्त कुमार श्रेष्ठले बताए । यही कार्तिक १७ गते बुधबार रोयल पार्टी प्यालेसमा गायक सुगम पोखरेल, कृष्ण काफ्ले र गायिका समिक्षा अधिकारीको उपस्थितीमा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक विजय कार्कीले बताए ।

कोभिड १९ का कारण भौतिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड अपनाउने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*