आजको मौसम कस्तो रहनेछ ?

हेटौंडा टुडे
९ कार्तिक २०७८, मंगलवार ०८:५०

हेटौँडा/ आज सोमबार देशका विभिन्न भागमा बदली भई वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं. १, प्रदेश नं.२, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, वाग्मती र प्रदेश नं.१ का एक दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं. १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज बिहान देशको पहाडी भूभागमा आंशिक तथा सामान्य बदली र तराईका क्षेत्रमा सामान्य बदली भइरहेको महाशाखाले जनाएको छ । वाग्मती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ । नेपालमा न्यून चापीय प्रणालीको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*