एमसीसी हेटौंडाको कार्यालय हटाउन ज्ञापन पत्र

हेटौंडा टुडे
९ कार्तिक २०७८, मंगलवार ०९:०१

हेटौँडा/ मकवानपुरको हेटौंडामा रहेको एसिए कार्यालय हटाउन विप्लव नेतृत्वको नेकपासहित १५ वटा संस्थाले बज्ञापनपत्र बुझाइएको छ । अमेरिकी च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्र्तगतको उक्त कार्यालय हटाउन सोमबार कार्यालयकी प्रतिनिधीमार्फत् लाई विप्लव नेतृत्व नेकपासहित १५ वटा विभिन्न संघसंस्थाहरुले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको हो ।

सरकारबाट वैधानिकता नै नपाएको विवादीत विषय एमसीसीले हेटौंडामा आफ्नो कार्यालय खोलेर विगतदेखि नै विभिन्न गतिविधि संचालन गर्नु आफैमा गैर कानुनी भएकाले कार्यालय हटाउन पत्र बुझाएको नेकपाका केन्द्रीय सदस्य इन्द्रबहादुर परियार (नयन)ले जानकारी दिए ।नेपाल सरकार कै जिम्मेवार निकायको भवनमा एमसिएले कार्यालय स्थापना गरी शंकास्पद रुपमा काम कारवाही गर्दा नियमनकारी निकायहरु मौन बसेकाले आफुसहित अन्य १५ वटा नागरिक सरोकारवाला निकायले कार्यालय हटाउन आग्रह गरेको उनको भनाई छ ।

उक्त पत्रमा एमसीसी सम्झौता नेपालको सार्वभौमिकता, स्वाधिनता, संविधान कानून, सुरक्षा अन्ताराष्ट्रिय मैत्री सम्बन्ध विपरित रहेको उल्लेख छ । सम्झौतामा उल्लेख गरेका घातक बुदाहरुमा प्रष्ट भएको र नेपाल सरकारलेसमेत ससदबाट अनमोदन गर्न नसकेको स्पष्ट हुँदा हुँदै दलाल पूजीवादी सत्ताको नालायकीपनको नाजायज फाइदा उठाएर एमसीसीले मकवानपुरमा कार्यालय खोलेको प्रति हाम्रो गम्भीर आपत्ती रहेको सो ज्ञापन पत्रमा भनिएको छ । देश र जनाताके हित विपरितको सम्झौतालाई जवरजस्ती लाद्ने कुचेष्टा नगर्न भन्दै सम्पूर्ण संघसस्थाले चेतावनी दिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । तु खबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*