आजबाट नयाँ लाइसेन्सका लागी अनलाइन आवेदन खुल्ला

हेटौडा टुडे
९ कार्तिक २०७८, मंगलवार ११:४०

हेटौँडा/ आजबाट नयाँ लाइसेन्सका लागी अनलाइन आवेदन खुल्ला, कसरी दिने आवेदन रुकाठमाडौं, यातायात व्यवस्था विभागले आजबाट नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स) का लागी अनलाइन आवेदन खुल्ला गरेको छ। यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले हिजो देखिनै आंशिक रुपमा आवेदन खुल्ला भएपनि आजदेखि पूर्णरुपमा अनलाइन आवेदन खुलेको जानकारी दिए।

अब सेवाग्राहीले यातायात व्यवस्था विभागको अनलाइन आवेदनबाट नयाँ लाइसेन्सको लागी प्रक्रिया अघि बढाउन सक्ने भएका छन्। सेवाग्राहीले यातायात व्यवस्था विभाग साइट मा गएर नयाँ लाइसेन्सका लागी आवेदन दिन सक्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*