• मनहरी गाउँपालिका

मनहरीका दीर्घरोगीले निःशुल्क उपचार पाउनेः अध्यक्ष उप्रेती

हेटौडा टुडे
९ कार्तिक २०७८, मंगलवार ११:५८

हेटौँडा/ मकवानपुरको मनहरी गाउँपालिकाका दीर्घरोगीहरुले निःशुल्क उपचार सेवा पाउने भएका छन् । दीर्घरोगीहरुलाई आवश्यक औषधी उपचार गर्न सहज होस् भन्ने उद्देश्यले पाटन अस्पताल र मनहरी गाउँपालिकाबीच सोमबार सम्झौता भएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्रका दीर्घरोगका बिरामीहरुलाई गाह्रो अप्ठ्यारो पर्दा घरमै गएर उपचार गर्ने र औषधीको व्यवस्था गरिने र गम्भीर बिरामी देखिए उपचारका लागि पाटन अस्पताल पठाइने उहाँले बताउनुभयो । गाउँपालिकामा दीर्घरोगीहरुको पहिचान भइरहेको र पहिचान भएपछि बिरामीहरुलाई सेवा उपलब्ध गराइने पनि अध्यक्ष उप्रेतीले बताउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*