शेयर बजार ७८ अङ्कले बढ्याे

हेटौडा टुडे
९ कार्तिक २०७८, मंगलवार १७:५८

हेटौँडा/ शेयर कारोबार मापक नेप्से परिसूचक दशैं पछि भने सुधारको दिशामामा देखिएको छ । यो साता नेप्से परिसूचक लगातार वृद्धि भएको छ । आइतबारदेखि आजसम्म आइपुग्दा नेप्से परिसूचक करिब २ सय अंकले बढेको छ । अघिल्लो साता २ हजार ५ सय ५७ अंकमा रहेको परिसूचक ३ दिनमा १ सय ९३ दशमलव ९२ अंकले बढेर २ हजार ७ सय ५१ अंकमा पुगेको छ । आजमात्रै नेप्से परिसूचक ७८ दशमलव ८२ अंकले बढेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ५० अंकले बढेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि राम्रै सुधार देखिएको छ । आज दिनभर भएका ७२ हजार ९ सय ७३ कारोबारबाट २२७ कम्पनीका १ करोड १४ लाख ८६ हजार १२३ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ रुपैयाँ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*