सुनचाँदीको मूल्य घट्यो

हेटौडा टुडे
१० कार्तिक २०७८, बुधबार ११:५९

हेटौँडा/ बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा बुधबार सुन ४०० रुपैंया र चाँदी १० रुपैंयाले घटेको हो । मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएकोमा बुधबार ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*