कस्तो छ आजको मौसम ?

हेटौडा टुडे
११ कार्तिक २०७८, बिहीबार ०९:०५

हेटौँडा/ आज बिहीबार मुलुकका पहाडी भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको सम्भावना छ ।

दिउँसोः देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, रातिः देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*