सुनको मूल्य तोलामा ४०० ले बढ्यो

हेटौडा टुडे
११ कार्तिक २०७८, बिहीबार १२:५४

हेटौँडा/  नेपाली बजारमा सुनको मुल्य प्रतितोला ४०० सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको नेपाली सुनचादीँ व्यवसायी महासंघले जनाएको छ । गत बुधबार सुन प्रतितोला प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । भने चादीँ को मूल्य स्थिर छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । बुधबार पनि सोही मूल्य कायम भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*