हेटौंडाको बिकट गाउँमा मेयर महत, सडक पूर्वाधार पुर्याउने प्रतिवद्धता

हेटौडा टुडे
११ कार्तिक २०७८, बिहीबार १२:५९

हेटौँडा/ हेटौंडा उपमहानगरपालिकाको विकट गाउँमा आज उपमहानगरपालिकाका मेयर हरि बहादुर महत पुग्नु भएको छ । उपमहानगरपालिकाको वडा नम्बर–१५ कर्णेखोला, घट्टेदमार क्षेत्रमा मेयर महतसहितको टोलि पुगेको हो । यस क्षेत्रमा मोवाइल नटिप्ने, सडक पूर्वाधार नभएको, पानीको समस्या भएकाले यसलाई प्राथमिकता दिएर काम गरिने मेयर महतले वताउनुभयो ।

उपमहानगरपालिकामा पछी थपीएका र बिकट रहेका वडामा भएका समस्या समाधान गर्न काम गरिने उहाँले वताउनुभयो । यस क्षेत्रको अनुगमन गर्दै मेयर महतले स्थानीयहरुको समस्या पनि बुझ्नु भएको छ । वषौंदेखि वस्दै आएपनि विकासका दृष्टीकोणले अत्यन्त पछी परेको यस क्षेत्रमा पहिलो प्राथमिकताका साथ काम गरिने मेयर महतले स्थानीय वासिन्दालाई प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

यस क्षेत्रमा तत्काल सडक पूर्वाधारका लागि बजेट छुटेयाएर काम गर्ने उहाँले वताउनुभयो । मोवाइलको समेत टेटवर्क नटिप्ने भएकाले नेपाल टेलिकम हेटौंडासंग समन्वय गरेर काम गरिने वताउनुभयो । यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, विजुली, सडक पूर्वाधार लगायतकाको क्षेत्रमा परेका समस्या प्रत्यक वर्ष बजेट छुट्याएर काम गरिने वताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*