
हेटौँडा/ नेपाल हृदयरोग निवारण प्रतिष्ठान मनहरी शाखाको बिहीबार उद्घाटन भएको छ । मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले शाखाको उद्घाटन गर्नुभएको हो ।
प्रतिष्ठानको उद्घाटनसँगै उद्योग वाणिज्य संघ मनहरीको आयोजनामा मुटु तथा पाठेघरको १ दिने निशूल्क शिविर समेत सञ्चालन भएको छ । आज बिहीबार दिनभर शिविरमा जाँचका लागि ३५ जनाले टिकट लिएकोे अध्यक्ष उप्रेतीले बताउनुभयो । टिकट लिएका मध्ये बढी मुटुरोगीका बिरामीहरु देखिएको उहाँले जानकारी दिनुभयो ।


सेयर गर्नुहोस्