हेटौंडा/मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ बाट जुवा खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ ।
बुधवार (हिजो) बेलुकी प्राप्त सूचनाको आधारमा हेटौंडा–४ पशुपती मन्दिर रोडमा प्रकाश बि.क.को अटो ग्यारेजमा पैसाको हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा नगद १ लाख ३४ हजार ५ सय ५० सहित ५ बुक तास पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा हेटौडा–१२ का ४३ वर्षिय कृष्ण ब्लोन, हेटौंडा–६ का ३१ वर्षिय अजय सापकोटा हेटौंडा–१ चाईनाक्वाटर का ३८ वर्षिय नवराज गिरी, हेटौंडा–३ का ३१ वर्षिय प्रकाश बि.क, हेटौंडा–६ का ३९ वर्षिय पुर्ण बहादुर श्रेष्ठ,हेटौंडा–५ का ३४ वर्षिय पिताम्बर देवकोटा, हेटौंडा–१ चौकीटोलका ४२ वर्षिय बिर बहादुर लामा र गढी ६ का २७ वर्षिय राम कुमार लामालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्