हेटौँडा/ सरकारले १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकाका लागि थप १ करोड खोप ल्याउने भएको छ । अमेरिकाको मोडर्ना र फाइजर एण्ड बायोएनटेकले विकास गरेको कोरोनाविरुद्धको थप १ करोड मात्रा खोप सरकारले ल्याउने तयारी गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले ५० लाख बालबालिकालाई पुग्नेगरी सरकारले अमेरिकाबाट मोडर्ना र फाइजरको खोप खरिदका लागि तयारी गरेको जानकार दिए ।
यसअघि सोमवार अमेरिकाले नेपाललाई अनुदानमा उपलब्ध गराएको फाइजरको १ लाख ६ सय २० मात्रा खोप सरकारले कात्तिक २८ गतेबाट लगाउने तयारी गरेको छ । जसका लागि देशभर २४ वटा खोप केन्द्र निर्धारण गरिएको छ ।
सेयर गर्नुहोस्