हेटौंडा/नेपाल शिक्षक संघ मकवानपुरले शुभ दीपावली,नेपाल सम्बत एवं छठ पर्वको अवसरमा चियापान,शुभकामना आदानप्रदान तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
शिक्षक संघ मकवानपुर अध्यक्ष राम कुमार अधिकारीको सभाध्यक्षता तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’को प्रमुख आतिथ्यतामा चियापान,शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ‘डिना’ले समाज परिवर्तनमा शिक्षकहरूको योगदान महत्वपूर्ण रहेको बताउदै,शिक्षकले गरेको त्यागलाई सम्मान गर्नुपर्ने बताइन। कार्यक्रममा शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विभिन्न विद्यालयमा कार्यरत तथा सेवा निवृत्त भएका शिक्षकहरूलाई सम्मान गरिएको छ।
शिक्षक संघ मकवानपुरले शिक्षकहरू प्रमोद विडारी,राजेश घिमिरे,गोविन्द पोखरेल,नरहरीनन्द उप्रेती,पुष्कर केसी,गंगनदेव चौरसीया,सन्तविर पाख्रिन,मिरा गोर्खाली,सुभद्रा पाण्डे,ईन्द्रबहादुर गोले, सरस्वती शिवाकोटी,सुनिता भट्टराई,रमेश सुवेदी, अरूण कुमार सिंह, सारदा दाहाल न्यौपाने,कृष्ण माया लटौला मदन लामिछाने,ज्ञानु पौडेल,शंकर पराजुली,अप्सरा देवकोटा,राजेश्वर देवकोटा,विभा झा,गंगा चिमोरिया,राजेन्द्र बर्तौला,रंजन कठायत लगायत ५० जना शिक्षकहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा नेपाल शिक्षक संघ बागमती प्रदेश वरिष्ठ उपाध्यक्ष दिपकलाल खतिवडा,बागमती प्रदेश सदस्य स्वेता कोइराला, नेपाली कांग्रेस मकवानपुर शिक्षा विभाग प्रमुख कृष्ण प्रसाद दाहाल,हेटौंडा -६ नम्बर वडाध्यक्ष अर्जुन प्रसाद चौलागाई,लेखक संघ मकवानपुर अध्यक्ष छवि अनित्य,शिक्षक संघ मकवानपुर उपाध्यक्ष गणेश प्रसाद हुमागाई,सचिव टिका प्रसाद दाहाल लगायतकाले दीपावली,नेपाल सम्वत,छठ पर्वको शुभकामना सहित मन्तव्य व्यक्त गरेका थिए।कार्यक्रममा शिक्षक संघ मकवानपुरका प्रदेश,संघिय कार्य समिति तथा स्थानीय तह अन्तर्गतको विभिन्न पदमा रहेका शिक्षकहरूको सहभागी रहेको थियो।