मकवानपुरमा शनिबार २ जनामा कोरोना पुष्टि

टुडे संवादाता
१३ कार्तिक २०७८, शनिबार १७:०१

हेटौंडा/मकवानपुरमा शनिबार २ जनामा कोरोना भइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २४ जनाको एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा २ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरको आजको कोरोना संक्रमित दर ८ प्रतिशत रहेको छ । मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५३९३ रहेको छ।त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना मुक्त हुनेको संख्या २ रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*