अर्थमन्त्री शर्माले गरे रुद्र बाटिकाको अवलोकन

हेटौडा टुडे
१४ कार्तिक २०७८, आईतवार १४:११

हेटौंडा/नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले मकवानपुगढी ४ मा रहेको जनयुद्ध कालिन शहिद रुद्र पाख्रिनको स्मृतिमा निर्मित रुद्र बाटिकाको अवलोकन गरेको छन् ।
आईतबार (आज) नेकपा (माओवादी केन्द्र) निकट योङ्ग कम्युनिष्ट लिग वाइसीएल हेटौंडाको प्रथम उपमहानगर सम्मेलनलाई सम्बोधन गर्न आएका शर्माले रुद्र बाटिकाको अवलोकन गरेका हुन् ।

कार्यक्रममा नेकपा माओवादी मकवानपुरका अध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी लगाएत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*