हेटौँडा/ साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसूचक अन्तमा ५५ दशमलव ५० अंकले बढेको हो । दिनभर बढेको बजारमा २३२ कम्पनीको १ करोड ३८ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ ।
बजारमा चन्द्रागिरी, युनाइटेड इन्स्योरेन्सलगायतका कम्पनीले सर्किट हान्दा उच्च मूल्य बढ्ने कम्पनीको सूचीमा जलविद्युत क्षेत्र रहेको छ ।
सेयर गर्नुहोस्