• कैलाश गाउँपालिका

मकवानपुर प्रहरीद्वारा अबैध गाँजा खेती फडानी

हेटौडा टुडे
१५ कार्तिक २०७८, सोमबार ०८:२१

हेटौँडा/ मकवानपुरको विकट कैलाश गाउँपालिकाको विभीन्न वडामा स्थानीय वासिन्दाहरुले अबैध रुपमा लगाएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत प्रहरी प्रधान कार्यालय लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा, बागमती प्रदेश दंगा नियन्त्रण गण र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट संयुक्त रुपमा गाँजा फडानी गरिएको हो ।

प्रहरीले तीन दिन लगाएर १७ विगाहा १० कठ्ठामा लगाएको गाँजा खेती नष्ट गरेको हो ।प्रहरी निरीक्षक अबिनाश अधिकारीको कमाण्डमा खटिएको ७२ जनाको प्रहरी टोलिले तीन दिन लगाएर कैलाश गाउँपालिकाको वडा नम्बर–४ नामटार, डाँडा, कैलाशको वडा नंम्बर–९ जलेस्वर, टिमुरे, खैरेनिटार र कैलाशको वडा नम्बर–१० को घैराङटार स्थितको वडा एरियामा गरी १७ बिगाह १० कठ्ठामा लगाएको अबैध लागुऔषध गाँजाखेती फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*