सामलिङ्ग पावर कम्पनीको आईपीओ बाँडफाँड हुने

हेटौंडा टुडे
१५ कार्तिक २०७८, सोमबार ११:०२

हेटौँडा/ सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँड हुने मिति तय भएको छ । गत कात्तिक ४ गतेदेखि ८ गतेसम्म आवेदन खुल्ला गरेको उक्त आईपीओ मंगलबार बाँडफाँड हुने भएको कम्पनीको शेयर निष्कासनको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।

कम्पनीले सात करोड ३० लाख रुपैयाँ बराबरको सात लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको गरेको थियो । कुल निष्कासित शेयरमध्ये पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोष र दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता शेयर कम्पनीको कर्मचारीहरुका लागि छुट्याइएको छ ।

यस्तै, ६ लाख ७८ हजार ९०० कित्ताका लागि शेयरमा सर्वसाधारणले आवेदन खुल्ला गरेकोमा ३९.६७ गुणा धेरै अर्थात २२ लाख ६५ हजार ६९८ वटा आवेदन परेको छ । दुई अर्ब ६९ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको दुई करोड ६९ लाख ३३ हजार ५०० कित्ताका लागि आवेदन परेकोमा ६७ हजार ८९० जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाउनेछन् । बाँकी २१ लाख ९७ हजारले शेयर हात पार्ने छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*