भाइटीकाको उत्तम साइत सार्वजनिक

हेटौडा टुडे
१५ कार्तिक २०७८, सोमबार १२:४६

हेटौँडा/ नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यस वर्षको भाइटीकाको साइत यही कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको समितिले जनाएको छ ।

तिहार हिन्दु धर्मावलम्बीहरूको दशैँपछिको सबैभन्दा ठूलो पर्व हो । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म मनाइन्छ ।

यस वर्षको तिहार कात्तिक १७ गतेदेखि सुरु हुँदैछ । त्यस्तै दोस्रो दिन लक्ष्मीपूजा, तेस्रो दिन गाईरगोरु तिहार तथा गोवर्द्धन पूजा, चौथो दिन भाइटिका र किजा पूजा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*