हेटौँडा/ हिन्दु धर्मावलम्बीहरूको दसैँ पछिको सबैभन्दा ठूलो पर्व हो , तिहार । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म मनाइन्छ ।
नेपाली हरुको महान पर्व तिहार शुरु भएसँगै गाउँघर, शहरबजारमा चहलपहल, झिलिमिली, रंगीबिरंगी निकै बढेको छ । यो संगै बागमती प्रदेशको राजधानी हेटौंडामा सामान किनमेल गर्ने मासिहरुको चहलपहल बढन थालेको छ । हेटौंडाका चोकचोकमा तिहारको लागि आवश्यक बस्तुहरु बिक्रीको लागि राखीइकाका छन । भने फूलमालाको किनमेलदेखि विभिन्न परिकारजन्य वस्तको किनमेलमा सर्वसाधारण व्यस्त देखिन्छन् । यतिबेला शहर रंगिन बनेको छ । सप्तरंगी रंगहरुको व्यापार छ ।
धनको देवी लक्ष्मीलाई घरमा भित्र्याउँदै भव्यताका साथ घरघरमा दीपावली गरेर मनाइन्छ । परम्परा अनुरुप देउसी भैलो खेलेर रमाइलो गर्ने खुशी साटासाट गरिन्छ । गाउँघर तथा शहरमा छुट्टै खाले चहलपहल ह्रवात्तै बढेको छ । बजारमा सयपत्री, मखमलीको फूल विक्रि तथा किनमेल गर्नेदेखि लिएर विभिन्न आवश्यकीय वस्तुहरुको किनमेलको भीड छ ।