काठमाडौं / मंगलबार (आज) बिहान सीता एयरको जहाज दुर्घटनामा परेको छ । उक्त जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको हो ।
बिहान हुम्लाको सिमिकोट उड्ने क्रममा धावनमार्गमा बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको विमानस्थल स्रोतले जनाएको छ ।
स्रोतका अनुसार, उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला जहाज बँदेलसँग ठोक्किएको हो ।
दुर्घटनामा परेर मानवीय क्षति भएको छैन । १४ यात्रु र कार्गो बोकेको सो जहाजको अगाडिको टायर भन्दा माथिल्लो भागमा प्वाल परेको छ ।
सबै यात्रु र चालक दलका सदस्यहरु भने सकुशल छन् । धावनमार्गबाट जहाज हटाएर विमानस्थल संचालनको तयारी भइरहेको जनाइएको छ ।
सेयर गर्नुहोस्