हेटौँडा/ सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत कात्तिक ४ गतेदेखि कात्तिक ८ गतेसम्म सर्वसाधारणका लागि खुल्ला गरेको ७ लाख ३० हजार कित्ता सेयरको आईपीओ आज (मंगलबार) बाँडफाँड गरेको हो । कम्पनीको आईपीओ ६७ हजार ८९० जनाले १० कित्ताका दरले पाएका छन् ।
कम्पनीको आइपिओमा २१ लाख ९८ हजार ७६४ जनाले आबेदन दिएका थिए । जसमध्ये ९ हजार ९८६ जनाको आबेदन रद्द भएको छ । योग्य २१ लाख ८८ हजार ७७८ जनामध्ये ६७ हजार ८९० सामलिङ्ग पावर कम्पनीको आईपीओ पाएका हुन् । यसको मतलब अधिकतम ९६.९१ प्रतिशत आवेदकहरुको हात खाली भएको छ । कम्पनीले सर्वसाधारणलाई ७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको हो ।
जसमध्ये १४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ३६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याइएको थियो। उक्त कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ ।