मकवानपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा अर्याल मनोनित

हेटौडा टुडे
१६ कार्तिक २०७८, मंगलवार ११:५६

हेटौँडा/ मकवानपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा सन्तोष अर्याल मनोनित हुनुभएको छ । यस्तै बैठकले अध्यक्ष सल्लाहकारमा विष्णुप्रसाद (ध्रुव) घिमिरेलाई मनोनित गर्ने निर्णय गरेको छ भने सल्लाहकारमा अशोक शाक्य, हिरालाल श्रेष्ठ, श्यामसुन्दर ढकाल, महेन्द्र राउत, सरोज खनाल र नरोत्तम दाहाल मनोनित गर्ने निर्णय गरेको संघका प्रमुख कार्यकारी अधिकृत पवन कार्कीले जानकारी दिनुभएको छ ।

नवनिर्वाचित समितिको सोमबार बसेको दोस्रो बैठकले कार्यसमिति सदस्य मध्येबाट अर्याललाई कोषाध्यक्ष पदमा मनोनित गरेको हो । यस्तै वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल हुनुभएको छ । निर्वाचित उपाध्यक्षहरु मध्ये संघको कार्यसमितिमा रहेर सबैभन्दा बढी समय काम गर्ने उपाध्यक्षलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी प्रदान गर्ने व्यवस्था छ ।

रवि शर्मा कँडेल र जगदिश दाहाललाई कार्यसमिति सदस्यमा मनोनित गर्नुका साथै आमन्त्रित सदस्यमा राजेन्द्र लामिछाने र कृष्ण राज कोइरालालाई मनोनित गरेको छ । संघको निर्वाचित सदस्यमध्येबाट महासचिव, सचिव र सहकोषाध्यक्ष चयन गर्न बाँकी नै छ । यस्तै एसोसिएटतर्फबाट एकजना महिला सदस्य पनि मनोनित गर्न बाँकी छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*