
हेटौँडा/ जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिक बदली रही देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
दिउँसोः देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । यस्तै प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातिः देशको पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।


सेयर गर्नुहोस्