• मनहरी गाउँपालिका

मनहरीमा शनिबार पालिकास्तरीय गणित शिक्षा परिषद् गठन

हेटौडा टुडे
१६ कार्तिक २०७८, मंगलवार १२:२२

हेटौँडा/ मकवानपुरको मनहरी गाउँपालिकामा शनिबार पालिकास्तरीय गणित शिक्षा परिषद् गठन गरिएको छ । शिक्षकहरुको भेलाले गीतानाथ दुलालको संयोजकत्वमा ११ सदस्यीय गणित शिक्षा परिषद् गठन गरिएको छ । शनिबार गणित शिक्षा परिषद् मकवानपुरको आयोजनामा मनहरीमा एक दिवसीय प्रविधिमैत्री तालिमको आयोजना गरी पालिकास्तरीय गणित शिक्षा परिषद् गठन गरिएको हो ।

गणित शिक्षक मकवानपुरका अध्यक्ष धनिकलाल साहको सभाध्यक्षमा भएको कार्यक्रममा मनहरीस्थित महेन्द्र किरण माविका प्रधानाध्यापक राधेलाल मण्डलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा परिषद् जिल्ला कोषाध्यक्ष केशवराज बर्तौला, सदस्य होमनाथ ढकाल लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*