मकवानपुरगढीमा शिक्षक फुटबल प्रतियोगिता शुरु

हेटौंडा टुडे
१६ कार्तिक २०७८, मंगलवार २०:४६

हेटौंडा । मकवानपुरगढीमा गढि गाउँपालीका स्तरिय शिक्षक फुटबल प्रतियोगिता आज बाट शुरु भएको छ । श्री भानु मा. बि. को आयोजना र मकवानपुरगढी गाउँपालीकाको आर्थिक सहयोगमा प्रतियोगिता आज बाट सुरु भएको हो ।

सुभ दिपावली तथा छठ पर्बको अबसरमा गढी ३ मक्रान्चुलीमा रहेको श्री भानु मिनि पिच फुटसलमा फुटबल प्रतियोगिता शुरु गरिएको हो । प्रतियोगिताको मकवानपुरगढी गाउँपालीका अध्यक्ष बिदुर हुमागाईले उद्धघाटन गर्नु भएको हो । प्रतियोगितामा मकवानपुरगढी गाउँपालीकाका ११ वटा बिध्यालयहरुकोको सहभागिता रहेको छ । आज भएको लिग चरण अन्तरगत भएको खेलमा आयोजक भानु मा बि ले जनक मा बि लाई १४ -१ ले पाराजित गरेको छ भने दोस्रो खेलमा शारदा मा।बि. ले जाल्पा देबि मा. बि.लाई ३ -१ ले पाराजित गरेको छ ।
जनता माबिले मनकामना मा. बि.लाई ७ – ० ,बंशगोपाल मा. बि.ले रानीशेरा मा.बि. लाई ६-१, भानु मा.बि.ले चण्डीका मा.बि. लाई १५-१, गढि गाउँपालीकाले शारदा मा.बि.लाई ३-२, जनता मा.बि.ले रुपनारायण मा बि लाई ४ – ३ ले पाराजित गरेको छ ।

आजै भएको खेलमा जनक मा.बि.ले चण्डिका मा.बि. लाई ४-२, रुपनारायण मा.बि. ले मनकामना मा.बि.लाई २-०, गढी गाउँपालीकाले जाल्पा देबि मा.बि.लाई ११ -१ ले पराजित गरेको छ । आजै भएको नकआट चरणको खेलमा भानु माबिले रुपनारायण माबिलाई ९-१ गोल अन्तरले पराजित गरेको छ । रानी शेरा माबिले गढी गाउँपालीकालाई २ -१, शारदा माबिले बंशगोपाल माबिलाई बाई दिएको छ । आजै भएको अन्तिम खेलमा जनक माबिले जनता माबिलाई ४-० गोल अन्तरले पराजित गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*