सुनको मुल्यमा ५०० रुपैंयाले गिरावट

हेटौडा टुडे
१७ कार्तिक २०७८, बुधबार ११:३२

हेटौँडा/ नेपाली बजारमा सुनको मुल्यमा ५०० रुपैंयाले गिरावट आएको छ । गत मंगलबार प्रतितोला ९२ हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य आज ५०० रुपैंयाले गिरावट आई प्रतितोला ९१ हजार ५०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यस्तै, आज तेजावी सुनको मुल्य तोलाको ९१ हजार रुपैंया रहेको छ । चाँदीको मुल्य भने एकैदिनमा २५ रुपैंयाले घटेर प्रतितोला १ हजार २२५ रुपैंया रहेको छ । हिजो चाँदीको मुल्य प्रतितोला १ हजार २५० रुपैंया रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*