कैलाशमा ४५ बिगाह क्षेत्रफलमा गाँजा खेती फडानी

हेटौंडा टुडे
१७ कार्तिक २०७८, बुधबार ११:४६

हेटौँडा/ मकवानपुरको विकट कैलाश गाउँपालिकामा प्रहरीले दिनहुँ गाँजा खेती फडानी गरेको छ । गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत प्रहरी प्रधान कार्यालय लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा, बागमती प्रदेश दंगा नियन्त्रण गण र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट संयुक्त टोलिले कैलाश गाउँपालिकामा गाँजा फडानी गरेको हो । कैलाशका बिभीन्न वडामा गाँजा फडानी गर्ने कामलाई तिब्रता दिएको छ ।

प्रहरी निरीक्षक अबिनाश अधिकारीको कमाण्डमा खटिएको ७२ जनाको प्रहरी टोलिले मकवानपुर कैलाश गाउँपालिका वडा नंम्बर– ९ अन्तर्गत गैरीखेत, खुमलटार, बेलटार, सागिनी, कैलाश गाउँपालिका वडा नम्बर– ४ अन्तर्गत बैठकडाँडा, तकुवा, आमडाँडा र कैलाश १० को भालटार स्थितको वडा एरियामा १८ बिगाहमा लगाएको अबैध लागुऔषध गाँजाखेती फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले वताउनुभयो । यसैगरी कैलाश गाउँपालिका–४, ७, ९, १० अन्तर्गतका वडा एरियामा ४५ बिगाह १० कठ्ठामा लगाएको अबैध लागुऔषध गाँजाखेती फडानी गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*