निर्माण व्यवसायीको शुभकामना आदानप्रदान सम्पन्न

हेटौडा टुडे
१७ कार्तिक २०७८, बुधबार ११:५२

हेटौँडा/ निर्माण व्यवसायी संघ मकवानपुरले शुभ दीपावली, छठ, नेपाल सम्बत् लगायतको पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

नेपाली कांग्रेस मकवानपुर सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख अतिथ्यता एवम् संघका अध्यक्ष श्यामसुन्दर ढकालको अध्यक्षतामा कार्यक्रम भएको हो ।

शुभकामना आदानप्रदान कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष सहित पदाधिकारी तथा सदस्यलाई स्वागत तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, नेकपा एमाले मकवानपुर अध्यक्ष बद्री लम्साल, नेपाली कांग्रेस मकवानपुर सचिव बुद्ध लामा, निर्माण व्यवसायी संघका सल्लाहकार, पदाधिकारी, जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*